Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सांसदहरूले सम्पत्ति विवरण बुझाउन थाले

सांसदहरूले सम्पत्ति विवरण बुझाउन थाले

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले आफ्नो सम्पत्ति विवरण बुझाउन थालेका छन्। हालसम्म १० भन्दा बढी सांसदले विवरण पेश गरिसकेको संघीय संसद् सचिवालयले जनाएको छ।

सचिवालयले नवनिर्वाचित सांसदहरूलाई जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। कानुनअनुसार सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण पेश गर्नुपर्ने व्यवस्था छ।

संसद सचिवालयका अनुसार बाँकी सांसदहरूले पनि क्रमशः विवरण बुझाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *