Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > हंगेरीमा १६ वर्षे ओर्बान शासन अन्त्य, चिनियाँ लगानीमा चिन्ता

हंगेरीमा १६ वर्षे ओर्बान शासन अन्त्य, चिनियाँ लगानीमा चिन्ता

काठमाडौं । हंगेरीमा १६ वर्षदेखि सत्तामा रहेका प्रधानमन्त्री भिक्टर ओर्बानको शासन अन्त्य भएको छ।

आइतबार सम्पन्न निर्वाचनमा विपक्षी तिज्जा पार्टीले ठूलो जित हासिल गर्दै १९९ सिटमध्ये १३८ सिट जितेको छ भने ओर्बानको फिडेज पार्टी ५५ सिटमा सीमित भएको छ।

हार स्वीकार गर्दै ओर्बानले विपक्षी नेता पिटर मग्यारलाई बधाई दिएका छन्।

ओर्बानको बहिर्गमनसँगै हंगेरीमा रहेका अर्बौं डलरको चिनियाँ लगानीबारे अनिश्चितता बढेको छ। नयाँ सरकारका नीतिले पुराना सम्झौता प्रभावित हुन सक्ने चिन्ता लगानीकर्तामा देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *