Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > होर्मुज जलमार्गबारे इरानको प्रस्ताव, अमेरिकाले समीक्षा गर्दै

होर्मुज जलमार्गबारे इरानको प्रस्ताव, अमेरिकाले समीक्षा गर्दै

काठमाडौं । होर्मुज जलमार्ग पुनः खोल्ने विषयमा इरानले पठाएको नयाँ प्रस्तावबारे अमेरिका समीक्षा गरिरहेको छ।

ह्वाइट हाउसले इरानको लिखित सन्देश प्राप्त भएको पुष्टि गर्दै छलफल जारी रहेको जनाएको छ।

इरानले आफ्नो परमाणु कार्यक्रम र सुरक्षा ग्यारेन्टीलाई प्रमुख सर्तका रूपमा अघि सारेको छ।

अमेरिका–इरानबीचको तनावबीच यो प्रस्तावलाई कूटनीतिक प्रयासका रूपमा हेरिएको छ, जसले ऊर्जा आपूर्तिमा देखिएको संकट समाधान गर्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *