काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आरोपअनुसार कर्णाली नदी र लोहरेखोला क्षेत्रको गिट्टी, बालुवा तथा ढुंगा उत्खनन ठेक्कामा बैंक ग्यारेन्टी नलिई सम्झौता गरेर राजस्व हिनामिना गरिएको हो।
आयोगले आचार्यसहित ठेकेदार कम्पनी आर.के. कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध २२ लाख ४४ हजार रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।


