काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष अभियानका क्रममा लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ।
भक्तपुर, कैलाली, बाँके, सुनसरी, दाङ, सुर्खेत र कञ्चनपुरबाट पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन तथा अन्य प्रतिबन्धित औषधिजन्य पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।


