काठमाडौं: अमेरिकाले लगाउने भनिएको नाकाबन्दीलाई इरानले गैरकानुनी भन्दै कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानविरुद्ध नाकाबन्दी घोषणा गरेपछि तनाव बढेको हो।
इजरायल र अमेरिकासँगको तनावबीच इरानले आवश्यक परे खाडी क्षेत्रका बन्दरगाहमा आक्रमण गर्ने चेतावनीसमेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।


