Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > गृहमन्त्रीको कार्यशैलीप्रति रास्वपाकै सांसद असन्तुष्ट

गृहमन्त्रीको कार्यशैलीप्रति रास्वपाकै सांसद असन्तुष्ट

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलमा केही सांसदहरूले मन्त्री जिल्लामा जाँदा समन्वय नगरेको गुनासो गरेका हुन्। उनीहरूले स्थानीय समस्याबारे छलफल गर्ने अवसर नपाएको बताएका छन्।

यस विषयमा प्रधानमन्त्रीले भने कुनै प्रतिक्रिया नदिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *