Friday, June 05, 2026
Home > विराटनगर समाचार > विराटनगर आयल निगम पार्किङको धुलो समस्या समाधान गर्न निर्देशन

विराटनगर आयल निगम पार्किङको धुलो समस्या समाधान गर्न निर्देशन

विराटनगर: नेपाल आयल निगम को कोशी प्रादेशिक कार्यालय अन्तर्गत विराटनगर–३ कञ्चनबारीमा रहेको ट्याङकर पार्किङस्थलको धुलो र व्यवस्थापन समस्याबारे प्रधानमन्त्री कार्यालयले तत्काल समाधान गर्न निर्देशन दिएको छ।

स्थानीयको उजुरीपछि गरिएको निर्देशनअनुसार पार्किङस्थलमा ग्राभेल तथा कंक्रिट ब्लक बिछ्याउने, सुरक्षा गार्ड राख्ने र फायर सेफ्टी व्यवस्था सुधार गर्ने प्रक्रिया अघि बढाइएको छ।

लामो समयदेखि धुलो, दुर्घटनाको जोखिम र असुरक्षाको समस्या रहेको उक्त पार्किङस्थल सुधार गर्ने कार्य अब चरणबद्ध रूपमा अघि बढ्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *