Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > अमेरिकी–इजरायली आक्रमणपछि इरानमा ठूलो क्षति, प्रारम्भिक अनुमान २७० अर्ब डलर बराबरको क्षति

अमेरिकी–इजरायली आक्रमणपछि इरानमा ठूलो क्षति, प्रारम्भिक अनुमान २७० अर्ब डलर बराबरको क्षति

काठमाडौं । अमेरिकी र इजरायली आक्रमणका कारण इरानमा करिब २७० अर्ब अमेरिकी डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।इरान सरकारकी प्रवक्ता फातेमा मोहाजेरानीका अनुसार यो प्रारम्भिक मूल्यांकन हो र वास्तविक क्षति अझ बढ्न सक्नेछ। उनका अनुसार क्षतिको विस्तृत मूल्यांकन क्रमशः विभिन्न चरणमा भइरहेको छ।

पहिलो चरणमा भौतिक संरचना र भवनहरूको क्षति आकलन भइरहेको छ भने दोस्रो चरणमा बजेट राजस्व घाटा र औद्योगिक क्षेत्र बन्द हुँदा भएको आर्थिक नोक्सानी गणना गरिनेछ।उनले इरानले युद्धपछिको क्षतिपूर्ति मुद्दा वार्ता प्रक्रियामा उठाइरहेको पनि बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *