काठमाडौं । अमेरिका र इरानबीच दोस्रो चरणको वार्ताको वातावरण बनाउन दुवै देशका अधिकारीहरू सक्रिय भएका छन्। पाकिस्तानको इस्लामाबादमा भएको पछिल्लो वार्ता निष्कर्षविहीन बनेपछि नयाँ भेटवार्ताको सम्भावना बढेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानले आफ्ना शर्त स्वीकार गरे पुनः प्रत्यक्ष वार्तामा बस्न सकिने संकेत दिएको छ। पाकिस्तानले इस्लामाबादमै अर्को बैठक आयोजना गर्ने प्रस्ताव गरेको छ भने टर्कीले पनि मध्यस्थताको प्रयास जारी राखेको छ।
तर वार्ता अघि नै तनाव चुलिएको छ। अमेरिका पक्षले होर्मुज जलमार्ग हुँदै इरानी बन्दरगाहतर्फ जाने जहाजमा नाकाबन्दी लगाउने निर्णय गरेपछि इरानले कडा प्रतिक्रिया जनाएको छ। यो जलमार्ग विश्व तेल व्यापारको प्रमुख मार्ग भएकाले आपूर्ति र मूल्यमा असर देखिन थालेको छ।इजरायल–इरान तनाव र सम्भावित युद्धविराम विस्तारको अनिश्चितताबीच क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।


