Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

गुल्मी धुर्कोट गाउँपालिका–३ का ३४ वर्षीय रामलाल राजवंशीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सोमबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले एक पीडितबाट २ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। उजुरीपछि उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *