Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा

सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा

सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बसेकी छिन्। अदालत स्रोतका अनुसार हालैको प्रधान न्यायाधीश नियुक्ति प्रक्रियापछि उत्पन्न परिस्थितिबीच उनले बिदा लिएकी हुन्।

यसअघि कामु प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी मल्ल पछिल्लो शपथ ग्रहण कार्यक्रममा समेत सहभागी भएकी थिइनन्। सर्वोच्च अदालतले भने उनको बिदा नियमित प्रशासनिक प्रक्रियाअनुसार स्वीकृत गरिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *