भारतको बिहार मा मुख्यमन्त्री नीतिश कुमार ले पदबाट राजीनामा दिएका छन्। अब एनडिए गठबन्धनबाट सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्ने भएका छन्।
राज्यसभा सदस्य बनेपछि १४ दिनभित्र पद छाड्नुपर्ने प्रावधानअनुसार नीतिशले राजीनामा दिएका हुन्। उनको बहिर्गमनसँगै भारतीय जनता पार्टी नेतृत्वको सरकार बन्ने बाटो खुलेको छ।


