नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ।
बैठकमा समसामयिक राजनीति, प्रतिनिधि सभामा संसदीय दलको नेता चयन प्रक्रिया र १५औँ महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ।
साथै, पार्टीभित्र देखिएका विवाद समाधानका विषय पनि एजेन्डामा रहनेछन्।


