नयाँ वर्ष २०८३ को पहिलो दिन कोशी प्रदेशमा ३५ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु र ६८ जना घाइते भएका छन्।
झापामा भएको मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दार सचिन तामाङको मृत्यु भएको हो भने चालक घाइते भएका छन्।
प्रहरीका अनुसार तीव्र गतिका कारण अधिकांश दुर्घटना भएको प्रारम्भिक निष्कर्ष छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।


