माधव कुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर गरिएको पतञ्जलि जग्गा हिनामिना प्रकरणको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदैछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै तत्कालीन प्रधानमन्त्रीको हैसियतमा सरकारी जग्गा दुरुपयोग भएको आरोप लगाएको छ।
२०६६ सालमा मन्त्रिपरिषद्को निर्णयमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको अनुमति दिइएको विषयलाई लिएर मुद्दा दायर गरिएको हो।


