हर्क साम्पाङ ले पूर्व–पश्चिम लोकमार्ग (महेन्द्र राजमार्ग) को नाम परिवर्तन गरी ‘यलम्बर राजमार्ग’ राख्न प्रस्ताव गरेका छन्। उनले किरात राजा यलम्बरको नामबाट नामकरण गर्नुपर्ने सुझाव दिएका हुन्।
सरकारको हालै सार्वजनिक ‘राष्ट्रिय प्रतिबद्धता पत्र’ मा सो राजमार्गलाई पुनः महेन्द्र राजमार्गकै नामले उल्लेख गरिएको विषयपछि बहस सुरु भएको छ।
वि.सं. २०१८ सालमा निर्माण सुरु भएको यो मार्ग पहिले महेन्द्र राजमार्ग नामले चिनिन्थ्यो भने पछि पूर्व–पश्चिम लोकमार्ग भनेर पनि प्रयोग हुँदै आएको छ।


