Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सरकारको १८ बुँदे मस्यौदामाथि बास्कोटाको कडा टिप्पणी

सरकारको १८ बुँदे मस्यौदामाथि बास्कोटाको कडा टिप्पणी

गोकुल बास्कोटा ले सरकारद्वारा सुझावका लागि सार्वजनिक गरिएको १८ बुँदे राष्ट्रिय प्रतिबद्धताको मस्यौदालाई कडा आलोचना गरेका छन्।

उनले यसलाई “डेन्टिङ पेन्टिङ नयाँवाद” भन्दै राजनीतिक दलहरूलाई अपजसको जिम्मा बोकाउने प्रयास भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले मस्यौदालाई व्यङ्ग्य गर्दै “बालेन प्रतिबद्धता” समेत भनेका छन्।

सरकारले सार्वजनिक गरेको उक्त मस्यौदा विभिन्न दलका घोषणापत्र समेटेर साझा प्रतिबद्धता बनाउने उद्देश्यसहित ल्याइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *