Friday, June 05, 2026
Home > विराटनगर समाचार > विराटनगर: सीमा क्षेत्रमा तस्करीको प्वाल बन्द गर्दै प्रशासन

विराटनगर: सीमा क्षेत्रमा तस्करीको प्वाल बन्द गर्दै प्रशासन

मोरङको विराटनगर रानीस्थित नेपाल-भारत सीमा क्षेत्रको दशगजा क्षेत्रमा घरभित्र बनाइएका गुप्त प्वालबाट तस्करी हुने गरेको पत्ता लागेपछि प्रशासनले निगरानी बढाएको छ। सीडीओ युवराज कट्टेलका अनुसार, ६० घरमा बनेका प्वालहरूबाट दैनिक उपभोग्य सामाग्री र लत्ता कपडालगायत सामान नेपाल ल्याउने गरिएको थियो।

सशस्त्र प्रहरी बलले यी प्वालहरू पहिचान गरी बन्द गरिसकेको छ र राजस्व चुहावट रोक्न विशेष अपरेसन सुरु गरिएको छ। सीमा क्षेत्रमा सामान लुकिछिपी ल्याउने कारणले बजारमा सुस्ती आएको र मुलुकले राजस्व गुमाइरहेको गुनासो बढेको थियो। यसैले, सीमा नाका काँकडभिट्टा र विराटनगरमा कडाइ गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *