काठमाडौं — इरान–अमेरिका तनावका बीच होर्मुज जलमार्गमा देखिएको जोखिमलाई ध्यानमा राख्दै युरोपेली देशहरूले युद्धपछि समुद्री मार्ग सुरक्षित बनाउने नयाँ “योजना” तयार गरिरहेका छन्।
बेलायत र फ्रान्सको नेतृत्वमा बनिरहेको प्रस्तावअनुसार युद्ध समाप्त भएपछि अन्तर्राष्ट्रिय गठबन्धन गठन गरी व्यापारिक ढुवानी सुरक्षित बनाइनेछ। यसअन्तर्गत बारुदी सुरुङ हटाउने, नौसैनिक तैनाथी र जहाज सुरक्षाका उपायहरू लागू गर्ने योजना छ।
यो योजना रक्षात्मक प्रकृतिको हुने र प्रत्यक्ष युद्धमा संलग्न इरान तथा अन्य पक्षहरूलाई बाहिर राखिने बताइएको छ। युरोपेली देशहरूले इरानसहित क्षेत्रीय मुलुकहरूसँग सहकार्य गर्ने संकेत पनि गरेका छन्।


