Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अनुशासन समितिको स्पष्टीकरण ‘हास्यास्पद’ भएको खड्काको प्रतिक्रिया

अनुशासन समितिको स्पष्टीकरण ‘हास्यास्पद’ भएको खड्काको प्रतिक्रिया

काठमाडौं — नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी अनुशासन समितिले सोधेको स्पष्टीकरणलाई “हास्यास्पद र निरर्थक” बताएका छन्।

उनका अनुसार मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा समितिले स्पष्टीकरण सोध्नु कानुनी र राजनीतिक रूपमा उचित होइन। उनले आफूले पार्टी निर्णयअनुसार नै कदम चालेको दाबी पनि गरेका छन्।

यसअघि अनुशासन समितिले विज्ञप्ति जारी गरेको विषयलाई लिएर खड्कालाई सात दिने स्पष्टीकरण सोधिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *