Friday, June 05, 2026
Home > मुख्य समाचार > संसदीय समितिका सभापति चयनका लागि आज मनोनयन दर्ता

संसदीय समितिका सभापति चयनका लागि आज मनोनयन दर्ता

काठमाडौंमा प्रतिनिधिसभाअन्तर्गत विभिन्न विषयगत समितिका सभापति चयन प्रक्रिया आजदेखि सुरु हुँदैछ। संसद् सचिवालयका अनुसार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गरिनेछ।

मनोनयनपछि आजै नामावली प्रकाशित हुनेछ। यदि एकभन्दा बढी उम्मेदवारी परेमा भोलि निर्वाचनमार्फत सभापति चयन गरिनेछ।

नयाँ सभापति चयनसँगै संसदीय समितिहरूले पूर्णता पाउने र विधेयक तथा संसदीय कामकाजमा गति आउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *