Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ओली–लेखक प्रकरणमा प्रमाण संकलन गर्न प्रहरीलाई सरकारी वकिलको निर्देशन

ओली–लेखक प्रकरणमा प्रमाण संकलन गर्न प्रहरीलाई सरकारी वकिलको निर्देशन

काठमाडौंमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्धको ज्यानसम्बन्धी कसुर अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले प्रहरीलाई विस्तृत प्रमाण संकलन गर्न निर्देशन दिएको छ।

निर्देशनअनुसार घटनास्थलका भौतिक प्रमाण, सीसीटीभी फुटेज, घाइते र प्रत्यक्षदर्शीको बयान, तथा पोस्टमार्टम प्रतिवेदन संकलन गर्न भनिएको छ। भदौ २३ को घटनासँग सम्बन्धित अनुसन्धानलाई थप प्रमाणका आधारमा अघि बढाउने तयारी गरिएको हो।

यसअघि सर्वोच्च अदालतले उनीहरूलाई हाजिर जमानीमा रिहा गर्ने आदेश दिएको थियो भने अनुसन्धान प्रक्रिया थुना बाहिरै जारी छ। प्रहरीले दुवै नेतामाथि ज्यानसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *