विराटनगरमा प्रतिनिधिसभा सदस्य तथा हर्क साम्पाङ ले प्रधानमन्त्री बालेन्द्र शाह सहित सबै मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले वाचापत्रभन्दा पहिले नेताहरूले आफ्नो सम्पत्ति कसरी आर्जन भयो भन्ने स्पष्ट गर्नुपर्ने बताएका छन्। उनका अनुसार सम्पत्तिको स्रोत नखुलाउँदा जनतामा शंका बढ्ने भएकाले पारदर्शिता अनिवार्य छ।
साम्पाङले यसअघि पनि यस्तै माग उठाउँदै आएका छन् भने यस विषयले राजनीतिक बहसलाई फेरि चर्काएको छ।


