Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कम्बोडियाबाट ४६ नेपालीको उद्धार, सबै स्वदेश फर्काइए

कम्बोडियाबाट ४६ नेपालीको उद्धार, सबै स्वदेश फर्काइए

कम्बोडियामा गैरकानुनी काममा लगाइएका ४६ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ। बैंककस्थित नेपाली दूतावास बैंकक को समन्वय र कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरिएको हो।

विभिन्न माध्यमबाट आकर्षक रोजगारीको प्रलोभनमा त्यहाँ पुगेका उनीहरूलाई जोखिमपूर्ण काममा लगाइएको पाइएको थियो। दूतावासले श्रम स्वीकृति बिना कम्बोडिया तथा अन्य दक्षिण–पूर्वी एसियाली देशहरूमा नजान आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *