काठमाडौँ, वैशाख १ – पूर्वमिस नेपाल उषा खड्गीले सामाजिक सञ्जालमा औँठी देखाउँदै पोस्ट गरेको भिडिओपछि बधाईको ओइरो लागेको छ।
भिडिओमा उनले साईंली औँलामा हिराको औँठी देखाएकी छन्, जसलाई धेरैले ‘इन्गेजमेन्ट रिंग’ भन्दै बधाई दिएका छन्। तर खड्गीले यसबारे कुनै स्पष्ट प्रतिक्रिया दिएकी छैनन्।
पूर्वपति जीपी तिमल्सिना सँग विवाद चलिरहेका बेला आएको यो पोस्टले थप चर्चा पाएको छ।


