रूपन्देही/दाङ, वैशाख ३ – नक्कली सरकारी छाप र दस्तखत प्रयोग गरी चोरीका मोटरसाइकल बिक्री गर्ने गिरोहका तीन जना दाङको तुलसीपुरबाट पक्राउ परेका छन्।
प्रहरीले शंकास्पद गतिविधिको सूचनापछि तुलसीपुर–५ स्थित एक होटलबाट २० वर्षीय दीपक भण्डारीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट विभिन्न सवारी दर्ता किताब, नक्कली सरकारी छाप र मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाविरुद्ध लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत दाङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।


