Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > युक्रेनमा रुसको भीषण मिसाइल र ड्रोन आक्रमण, १६ जनाको मृत्यु

युक्रेनमा रुसको भीषण मिसाइल र ड्रोन आक्रमण, १६ जनाको मृत्यु

काठमाडौं । युक्रेनमा रातभर भएको रुसी मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। किभ, ओडेसा र डिनप्रो क्षेत्रमा भएको आक्रमणमा ठूलो जनधन क्षति भएको अधिकारीहरूले बताएका छन्।

रुसले करिब ४० मिसाइल र ६५९ ड्रोन प्रहार गरेको बताइएको छ। ओडेसामा मात्रै ९ जनाको मृत्यु भएको छ भने किभमा बालबालिकासहित चार जनाको ज्यान गएको छ। डिनप्रो क्षेत्रमा पनि तीन जनाको मृत्यु भएको छ।

आक्रमणपछि धेरै भवन, सवारीसाधन र पूर्वाधारमा आगलागी तथा क्षति पुगेको छ। उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *