Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > हिजबुल्लाह–इजरायल तनाव चर्कियो, दुवैतर्फ आक्रमण र चेतावनी

हिजबुल्लाह–इजरायल तनाव चर्कियो, दुवैतर्फ आक्रमण र चेतावनी

काठमाडौं । हिजबुल्लाहले इजरायलमाथि रकेट आक्रमण गरेपछि इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई क्षेत्र खाली गर्न कडा चेतावनी दिएको छ।

इजरायली सेनाले हिजबुल्लाहको गतिविधिका कारण सैन्य कारबाही आवश्यक भएको दाबी गर्दै नागरिकहरूलाई जहरानी नदी उत्तरतर्फ सर्न आग्रह गरेको छ। इजरायलले हिजबुल्लाह नजिक बस्नेहरू जोखिममा पर्ने चेतावनी पनि दिएको छ।

यता हिजबुल्लाहले पनि इजरायलमाथि कैयौँ रकेट प्रहार गरेको दाबी गरेको छ र आक्रमण जारी रहने जनाएको छ। यसैबीच संयुक्त राष्ट्रसंघले लेबनानमा ठूलो मात्रामा विस्थापन बढेकाले तत्काल मानवीय सहायता आवश्यक भएको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *