Friday, June 05, 2026
Home > मुख्य समाचार > अब २४ घण्टामै सवारी लाइसेन्स छापिने, आजदेखि नयाँ व्यवस्था लागू

अब २४ घण्टामै सवारी लाइसेन्स छापिने, आजदेखि नयाँ व्यवस्था लागू

काठमाडौँ– सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ २४ घण्टाभित्रै गर्ने व्यवस्था आजदेखि लागू गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गर्दै सेवा छिटो र प्रभावकारी बनाउन निर्देशन दिएका छन्। उनका अनुसार ट्रायल पास र राजस्व तिरेपछि २४ घण्टाभित्र लाइसेन्स उपलब्ध हुनेछ।

सरकारले लामो समयदेखि देखिएको लाइसेन्स अभावको समस्या अन्त्य हुने दाबी गरेको छ। केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको र बाँकी लाखौँ लाइसेन्स छिट्टै वितरण गर्ने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *