काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ओजस्वी शेरचन प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा विजयी भएकी छिन्।
उनीसँगै प्रतिस्पर्धामा गुरू बराल (एमाले) थिए।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहेकाले समितिहरूमा पनि उसको स्पष्ट बहुमत देखिएको छ। रास्वपाले प्रतिनिधिसभाका१० मध्ये ९ समितिमा उम्मेदवार उठाएको छ भने एक समिति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लाई छोडिएको छ।


