काठमाडौँ– नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घले पालिकाहरूलाई आफ्नो अनुकूल विद्यार्थी भर्ना र पठनपाठन सञ्चालन गर्न सर्कुलर गरेका छन्।
संविधानअनुसार विद्यालय शिक्षाको अधिकार पालिकामा भएकाले त्यसैअनुसार निर्णय लिन आग्रह गरिएको हो। केन्द्र सरकारको शैक्षिक तालिकामा असहमति जनाउँदै केही पालिकाले पहिले नै कक्षा सञ्चालन गर्ने निर्णय गरेका छन्।
यसैबीच निजी विद्यालयहरूले वैशाख महिनाको शुल्क अनिवार्य तिर्नुपर्ने स्पष्ट पार्दै भ्रममा नपर्न अभिभावकलाई आग्रह गरेका छन्।


