जिल्ला प्रहरी परिसर काठमाडौंले जेन–जी आन्दोलनका क्रममा फरार भएका २५२ जना कैदी तथा थुनुवालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा १६२ कैदी र ९० थुनुवा रहेका छन्। प्रहरीले उनीहरूलाई सम्बन्धित कार्यालयमा बुझाएको छ।
साथै आन्दोलनका क्रममा हराएका वा लुटिएका हातहतियारसम्बन्धी अनुसन्धान पनि जारी रहेको प्रहरीले जनाएको छ।


