नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधन गर्दै वैशाख ७ गतेदेखि लागू हुने नयाँ नियम सार्वजनिक गरेको छ।
नयाँ व्यवस्थाअनुसार कारोबार समयअघि वा पछि दिइने आदेशलाई प्राथमिकताका आधारमा प्रणालीमा राखिनेछ। मूल्य सीमा पनि कडा बनाइएको छ—पछिल्लो दिनको अन्तिम मूल्यको १५ प्रतिशतभन्दा बढी वा कममा कारोबार गर्न पाइने छैन।
निरन्तर कारोबारमा मूल्य ३ प्रतिशतभन्दा बढी उतारचढाव भए कारोबार रोक्ने व्यवस्था गरिएको छ भने परिसूचक ८ प्रतिशतले घटबढ भए दिनभरको कारोबार बन्द हुनेछ।
नेप्सेले बजार स्थिरता र जोखिम नियन्त्रणका लागि यी नियम ल्याइएको जनाएको छ।


