Friday, June 05, 2026
Home > खेलकुद समाचार > इटहरी गोल्डकप फाइनल तय, मोरङ र प्लानिङ ब्वाइज भिड्दै

इटहरी गोल्डकप फाइनल तय, मोरङ र प्लानिङ ब्वाइज भिड्दै

इटहरी — इटहरी गोल्डकप को १६औँ संस्करणको उपाधिका लागि युवा समाज मोरङ र काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेडबीच फाइनल हुने भएको छ।

सेमिफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लबलाई ६–१ ले हराउँदै फाइनल प्रवेश गरेको हो। कप्तान फागुराम थारुले ह्याट्रिकसहित ४ गोल गर्दै टोलीलाई जित दिलाए।

फाइनल खेल सोमबार हुने छ भने विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *