काठमाडौं — गृह मन्त्रालय ले देशभरका जिल्ला र इलाका प्रशासन कार्यालयमा सेवा सुधारका लागि ९ बुँदे निर्देशन जारी गरेको छ।
निर्देशनअनुसार अब नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रलगायत सेवा ‘एकद्वार सेवा प्रणाली’ मार्फत एउटै कक्षबाट उपलब्ध गराइनेछ।
सेवाग्राहीलाई सहज बनाउन बिहानैदेखि सहायता कक्ष सञ्चालन, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ।
बिचौलिया पूर्ण रूपमा निषेध गर्ने, कर्मचारीको व्यवहार सुधार गर्ने र अनियमिततामा ‘शून्य सहनशीलता’ नीति लागू गर्ने मन्त्रालयले जनाएको छ।


