काठमाडौं — शेरबहादुर देउवा पक्षका नेताहरूले पार्टीभित्रको विवाद टुंगिएको भन्दै अब आन्तरिक एकता सुदृढ गर्नुपर्ने निष्कर्ष निकालेका छन्।
आइतबार १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरूको छलफलमा अदालतको फैसला पछि एकतामा केन्द्रित हुनुपर्ने धारणा राखिएको हो।
नेता कुन्दनराज काफ्लेले सानेपाबाट सबैलाई समेट्ने नेतृत्व आवश्यक रहेको बताए। बैठकमा चुनावी पराजयका कारण र आगामी रणनीतिबारे पनि छलफल गरिएको थियो।


