Friday, June 05, 2026
Home > मुख्य समाचार > रास्वपाको केन्द्रीय समिति बैठक सोमबार, ९ एजेन्डामा केन्द्रित

रास्वपाको केन्द्रीय समिति बैठक सोमबार, ९ एजेन्डामा केन्द्रित

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि ९ वटा एजेन्डा तय गरेको छ।

प्रवक्ता मनिष झाका अनुसार बैठकमा मुख्य रूपमा संगठन सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र नीतिगत सुधारमा छलफल हुनेछ। सुरुमा गतिविधिहरूको व्रिफिङ गरिनेछ भने २० जना केन्द्रीय सदस्यलाई जनस्तरको रिपोर्टिङका लागि छोटो समय दिइनेछ।

बैठकमा पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा, तथा पार्टी विधान संशोधनजस्ता विषयमा पनि निर्णय लिइनेछ। साथै स्थानीय तह निर्वाचन लक्षित ‘उम्मेदवार क्लब’ गठन, प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्ने प्रस्ताव र विभिन्न निकायबाट आएका पत्राचारमाथि पनि छलफल हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *