काठमाडौं — उत्तर कोरियाले क्लस्टर बमयुक्त वारहेड जडित ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको जनाएको छ। सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार यो परीक्षण यस महिनाकै चौथो हो।
परीक्षणमा नेता किम जोङ उनले अवलोकन गरेका थिए र नतिजाप्रति सन्तुष्टि व्यक्त गरेका छन्। करिब १३५ किलोमिटर दूरीमा प्रक्षेपण गरिएका मिसाइलमार्फत क्लस्टर वारहेडको क्षमता परीक्षण गरिएको बताइएको छ।
दक्षिण कोरियाले उक्त कदमको निन्दा गर्दै यस्ता गतिविधि रोक्न आग्रह गरेको छ भने उत्तर कोरियाले भने आफ्नो सैन्य क्षमता विस्तारलाई निरन्तरता दिएको छ।


