Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > अस्ट्रियामा बेबी फुडमा विष भेटियो, बजारबाट फिर्ता

अस्ट्रियामा बेबी फुडमा विष भेटियो, बजारबाट फिर्ता

काठमाडौं । अस्ट्रियामा लोकप्रिय बेबी फुड ब्रान्ड ‘हिप’का जारमा मुसा मार्ने विष फेला परेपछि उत्पादन बजारबाट फिर्ता गरिएको छ।

बर्गेनल्यान्ड क्षेत्रमा एक ग्राहकको गुनासोपछि गरिएको परीक्षणमा १९० ग्राम गाजर–आलु स्वादको जारमा विषाक्त पदार्थ पुष्टि भएको प्रहरीले जनाएको छ। सावधानीस्वरूप १५ सयभन्दा बढी सुपरमार्केटबाट उक्त उत्पादन फिर्ता मगाइएको छ।

यस्तै जार चेक गणतन्त्र र स्लोभाकियामा पनि शंकास्पद अवस्थामा फेला परेका छन्।

कम्पनीले यसलाई ‘बाह्य आपराधिक हस्तक्षेप’को सम्भावना भन्दै गम्भीर रूपमा लिएको छ। ग्राहकलाई उत्पादन नखान र फिर्ता गर्न आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *