काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार १३.१७ अंकले घटेर २,८२५.२३ बिन्दुमा पुगेको छ।
आज ३४९ कम्पनीका १.१६ करोडभन्दा बढी कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम करिब ५.४३ अर्ब रुपैयाँ पुगेको छ।
होटल तथा पर्यटन समूह बाहेक अन्य सबै उपसूचक घटेका छन् भने केही कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।


