काठमाडौं — विवादित लगानीको आरोपपछि गृहमन्त्री सुधन गुरुङ ले आफू अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन्।
व्यवसायी दीपक भट्ट सँग साझेदारीको आरोप उठेपछि उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै आरोप र तथ्य फरक हुने भन्दै प्रमाणका आधारमा निर्णय हुनुपर्ने बताएका हुन्।
उनले सेयर लगानी खुला रूपमा सम्पत्ति विवरणमै उल्लेख गरेको दाबी गर्दै कुनै पनि रकम बैंकिङ माध्यमबाट गरिएको स्पष्ट पारे। एउटै कम्पनीमा लगानी गर्नु साझेदारी वा दोषी हुनु नहुने पनि उनको भनाइ छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन चलिरहे पनि त्यसमा आफूले कुनै हस्तक्षेप नगरेको र प्रक्रिया स्वतन्त्र रूपमा अघि बढिरहेको उनले बताएका छन्।


