Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेस संसदीय दलको नेता चयन शुक्रबार, मतदान ४–५ बजे

कांग्रेस संसदीय दलको नेता चयन शुक्रबार, मतदान ४–५ बजे

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्ने निर्वाचन शुक्रबार गर्ने भएको छ।

निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ गते बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने छ।

दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदारका रूपमा चर्चामा छन्। मोहन आचार्य र निश्कल राईको नामसमेत अघि सारिएको छ।

प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *