Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > समितिमा दलीय प्रभाव नदेखाउन सभामुखको निर्देशन

समितिमा दलीय प्रभाव नदेखाउन सभामुखको निर्देशन

सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिका सभापतिहरूलाई कामकाजमा दलगत प्रभाव नदेखाउन निर्देशन दिएका छन्।

प्रतिनिधिसभाका १२ वटा समितिका सभापतिसँगको छलफलमा उनले समितिलाई ‘मिनी संसद्’ भन्दै निष्पक्ष र जनहितमा केन्द्रित निर्णय गर्नुपर्ने बताए।

उनले पारदर्शिता, जवाफदेहिता र सन्तुलन कायम गर्दै कानुन निर्माण र सरकारको निगरानीमा सक्रिय भूमिका खेल्न समितिहरूलाई आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *