Friday, June 05, 2026
Home > मुख्य समाचार > विश्वविद्यालयमा स्ववियु खारेज गर्ने निर्णय, ‘स्टुडेन्ट काउन्सिल’ लागू हुने

विश्वविद्यालयमा स्ववियु खारेज गर्ने निर्णय, ‘स्टुडेन्ट काउन्सिल’ लागू हुने

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहको अध्यक्षतामा भएको बैठकले विश्वविद्यालयमा क्रियाशील स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने निर्णय गरेको छ।

अब स्ववियुको सट्टा ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता नयाँ संयन्त्र स्थापना गरिनेछ। बैठकले ६० दिनभित्र नियमावली संशोधन गरी दलीय विद्यार्थी संगठनका संरचना हटाउने र ९० दिनभित्र नयाँ विद्यार्थी प्रणाली लागू गर्ने सहमति गरेको छ।

यस्तै, विश्वविद्यालय परिसरमा रहेका दलगत झण्डा, ब्यानर र कार्यालय हटाउने, तथा भ्रातृ संगठनलाई अब कुनै स्थान नदिने निर्णय पनि भएको छ।

बैठकले तीन महिनाभित्र कानुनी प्रावधान संशोधनको प्रस्ताव मन्त्रालयमा पठाउन निर्देशन दिँदै विश्वविद्यालयलाई पूर्ण रूपमा प्राज्ञिक केन्द्र बनाउने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *