Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > भ्रातृ संगठनको दबाबले विश्वविद्यालय अस्तव्यस्त, उपकुलपतिहरूको गुनासो

भ्रातृ संगठनको दबाबले विश्वविद्यालय अस्तव्यस्त, उपकुलपतिहरूको गुनासो

काठमाडौं । विश्वविद्यालयका उपकुलपतिहरूले राजनीतिक दलका भ्रातृ विद्यार्थी संगठनहरूको अराजक गतिविधिका कारण काम गर्ने वातावरण प्रभावित भएको गुनासो गरेका छन्।

सोमबार प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहसँगको छलफलमा ११ विश्वविद्यालयका उपकुलपतिहरूले दलीय हस्तक्षेपले प्रशासनिक र शैक्षिक कामकाजमा समस्या आएको बताएका हुन्।

उनीहरूले विद्यार्थी संगठनहरूको दबाब र अराजक शैलीका कारण दैनिक कामसमेत प्रभावित भएको उल्लेख गरे।

गुनासोपछि प्रधानमन्त्री शाहले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त बनाउने प्रतिबद्धता जनाउँदै आवश्यक परे सुरक्षाकर्मी परिचालन गरेर भए पनि भ्रातृ संगठनका कार्यालय हटाउन निर्देशन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *