बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। आउँदो शनिबार र आइतबारबाट अभियान सुरु गर्न भनिएको छ।
काठमाडौं उपत्यका बाटै बस्ती हटाउने काम सुरु गर्ने तयारी गरिएको छ। प्रधानमन्त्रीले सबै सुरक्षा प्रमुखसँग छलफल गर्दै कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
यसअघि मेयर हुँदा पनि यस्तो प्रयास असफल भएपछि अहिले प्रधानमन्त्री बनेपछि पुनः अभियान अघि बढाइएको हो।


