Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > १०० रुपैयाँमाथि सामानमा भन्सार: सीमामा आवतजावत र रेल यात्रु घटे

१०० रुपैयाँमाथि सामानमा भन्सार: सीमामा आवतजावत र रेल यात्रु घटे

१०० रुपैयाँभन्दा बढीका सामानमा भन्सार कडाइ भएपछि मधेसका सीमावर्ती क्षेत्रमा दैनिक जनजीवन प्रभावित भएको छ। जनकपुरधाम–जयनगर रेल सेवामा यात्रु संख्या ह्वात्तै घटेर दैनिक करिब १६ सयबाट ४ सयमा झरेको छ।

सीमा क्षेत्रका स्थानीयहरू भारत गएर सस्तो सामान ल्याउने प्रचलन घटेको छ भने आवतजावत पनि कम भएको छ। स्थानीयले यो नियमले गरिब र सीमावर्ती बासिन्दा बढी प्रभावित भएको गुनासो गरेका छन्।

उता अधिकारीहरू भने यो कदमले तस्करी नियन्त्रण र राजस्व वृद्धि हुने दाबी गर्छन्। तर, विज्ञ र प्रदेश सरकारका प्रतिनिधिहरूले नागरिकलाई सहज विकल्पसहित व्यावहारिक नीति ल्याउनुपर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *