काठमाडौं — रवि लामिछाने सम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट सर्वोच्च अदालतमा स्थगित भएको छ।
बहसको तयारी अपुग भएको भन्दै महान्यायाधिवक्ता कार्यालय ले निवेदन दिएपछि अदालतले सुनुवाइ रोकेको हो।
यसअघि सविता बराल ले लामिछानेसहित ५० जनाविरुद्धको ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ मुद्दा कमजोर पार्ने गरी अभियोगपत्र संशोधन गर्न अनुमति दिएकी थिइन्। त्यस निर्णयलाई गैरकानुनी भन्दै रिट दायर गरिएको हो।


