Friday, June 05, 2026
Home > स्थानीय समाचार > दलित किशोरीलाई ब*न्धक बनाई बला*त्कार, एक पक्राउ

दलित किशोरीलाई ब*न्धक बनाई बला*त्कार, एक पक्राउ

जनकपुर — जनकपुरमा १४ वर्षीया दलित किशोरीलाई एक सातासम्म बन्धक बनाएर जब*र्जस्ती क*रणी गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार किशोरीलाई कामको प्रलोभनमा लगेर आरोपितले बला*त्कार गरेका थिए। उनलाई पछि जनकपुरको एक डेरामा ब*न्धक बनाएर राखिएको अवस्थामा घरबेटीको सूचनापछि प्रहरीले उद्धार गरेको हो।

किशोरी अचेत अवस्थामा भेटिएकी थिइन् र हाल उपचारका लागि सेफ हाउसमा राखिएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *